७ वैशाख २०८१ शुक्रबार
राजनीति

अमेरिकालाई एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाइयोस्ः देव गुरुङ

फाइल तस्बिर।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र तत्काल पठाउन मात्र गरेका छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा माओवादी प्रमुख गुरुङले यो पत्र तत्काल पठाइनुपर्ने बताएका हुन्।

अमेरिकी सहयोग परियोजना (एमसिसी) अनुमोदन गर्ने क्रममा संसदले गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले अहिलेसम्म स्वीकार नगरेको भन्दै उनले यसबारे पनि प्रष्ट हुनुपर्ने बताए। १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार गरे मात्र एमसिसीका कार्यक्रम अघि बढ्ने प्रमुख सचेतक गुरुङले बताए।

यसअघि मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो। गृह मन्त्रालयमार्फत यो पत्र परराष्ट्र मन्त्रालयमा पुगेको छ, तर अझै अमेरिकालाई पठाइएको छैन।

प्रकाशित: २३ असार २०७९ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App