२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

सदरमुकाम गाईघाटमा १५ दिने उदयपुर एक्सपो सुरु

महोत्सव उद्घाटन कार्यक्रममा पर्यटनमन्त्री पराजुली र उपसभामुख दनुवार । तस्विरः महेश्वर चामलिङ राई/नागरिक

उदयपुर सदरमुकाम गाईघाटमा शुक्रबारदेखि ‘दोस्रो उदयपुर एक्सपो (महोत्सव) ०८२’ सुरु भएको छ । जिल्ला उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा त्रियुगा नगरपालिका–३ बसापार्कनजिकै त्रियुगा नदी किनारमा सुरु महोत्सव आगामी फागुन ८ गतेसम्म सञ्चालन हुने छ ।

शुक्रबार दिउँसोप्रदेश सरकारका वन, वातावरण तथा पर्यटनमन्त्री भीमप्रसाद पराजुलीले एक कार्यक्रमका बीच महोत्सवको उद्घाटन गरे । उद्घाटन गर्दै मन्त्री पराजुलीले व्यापार व्यवसायको प्रबद्र्धनमा मेला महोत्सवको भूमिका महत्वपूर्ण हुने भन्दै व्यापारिक प्रतिस्ठानहरुबाट यस्ता कार्यक्रम निरन्तर भर्ईरहनु पर्ने बताए।

पछिल्लो केही वर्षयता विभिन्न कारण देशको अर्थतन्त्र खस्कदै गएको बेला मेला महोत्सवले सकारात्मक प्रभाव पार्ने उनको भनाई थियो । व्यापार, व्यवसाय जति धेरै चलायमान बनाउन सकियो त्यति नै अर्थतन्त्र उकालो लाग्ने र देशको आर्थिक प्रगति हुने भन्दै मन्त्री पराजुलीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

अर्थतन्त्र बढोत्तरीका लागि पर्यटन र व्यापार व्यवसाय नै मुख्य आधार हुने भन्दै पराजुलीलेप्रदेदश सरकारले त्यसतर्फ योजनाबद्ध रुपमा काम गरिरहेको बताए । अर्थतन्त्र चलायमान बनाउन सकेव्यापारिक प्रतिस्ठानहरुले सरकारको मुख ताक्नु नपर्ने भन्दै उनले प्रदेशसरकारले वार्षिक कार्यक्रम बनाएर आर्थिक विकासमा सहयोग गर्ने मेला महोत्सवलाई सहयोग गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रदेशसभाका सभामुख सृजना दनुवारले जिल्लामा वर्षेनी आयोजना हुने मेला महोत्सवले स्थानीयव्यापार व्यवसायमा टेवा पुर्याईरहेको बताईन् । अर्थतन्त्र मजबुत बनाउन मेला महोत्सवको भूमिका ठूलो हुने बताउँदै उपसभामुख दनुवारले त्यसका लागि व्यापार व्यवसायिक सँस्थाहरुले सकारात्मक र सामुहिक तरिकाले अघि बढ्नुपर्ने बताइन् ।

१५ दिनसम्म चल्ने महोत्सवका लागि आयोजकले ‘कृषि, वन, पर्यटन, शिक्षा, कला, सँस्कृति, उद्योग, व्यापारः उदयपुरको पहिचान, समृद्धिको आधार’ भन्ने मूल नारा तय गरेको छ । महोत्सवमा कृषि उपजदेखि घरेलु उद्योगबाट उत्पादित सामग्रीसँगै वहुराष्ट्रिय कम्पनीका यन्त्र उपकरणगायत विभिन्न १ सय ६० वटा स्थलहरू राखिएका छन् ।

महोत्सवलाई आकर्षक बनाउन विभिन्न अवयवहरु राखिएका छन् ।युवायुवतिहरुका लागि सेल्फी जोन पार्क,भारतको प्रसिद्ध ताजमहल, लन्डन ब्रिज र जलपरी टनेललस्ता आकर्षणहरु निर्माण गरिएको छ । हरेक साँझ विभिन्न स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहने महोत्सव साँझदेखि भने सशूल्क गरिएको छ ।

महोत्सवमा सबै बर्ग, पेशा, व्यवसायी र सर्वसाधारणसम्मलाई सहज र एकरुपता दिलाउन टिकट मूल्य १ सय ५० कायम गरिएएको आयोजकले जनाएको छ । विद्यार्थीका लागि भने १ सय रुपैयाँ तोकिएको छ । 

प्रकाशित: २३ माघ २०८२ १९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App