१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

केही दिनमै अघोषित नाकाबन्दी हट्छ : सञ्चारमन्त्री राई

भोजपुर- सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले अघोषित नाकाबन्दी केही दिनमै हट्ने बताएका छन्। सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले तराई मधेशमा आन्दोलनरत दलहरुसँग बसेर वार्ता र संवादबाट निकास निकाल्न लागिएको बताएका हुन्।

मन्त्री भएको ठीक एक महिनापश्चात शुक्रबार गृह जिल्ला भोजपुर पुगेर मन्त्री राईले नाकाबन्दी खुल्ने सकारात्मकसंकेतहरु रहेको बताएका हुन्। वार्ताहरु सकारात्मक ढंगबाट एकपक्षिय, द्धिपक्षीय र बहुपक्षीय भइरहेका छन्,' मन्त्री राईले भने, 'एक हप्ताभित्र अहिलेको संकटको समाधान हुन्छ, जुन संकेतहरु देखिन थालेका छन्।'

वर्तमान सरकार वार्ता र संवादलाई निर्णायक बनाएर समस्याको समाधान गर्न लागेको उनले बताए। अहिलेको समस्या अन्त्यका लागि सरकारले आन्दोलनरत दलहरुलाई आग्रह गरिरहेका मन्त्री राईले बताए। 'सरकारले लचकता अपनाइरहेको छ, वार्ता र संवादबाट निकास निकाल्नुको विकल्प छैन,' उनले भने।

प्रकाशित: १८ मंसिर २०७२ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App