२३ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

नागरिक दैनिकमा तालाबन्दीप्रति मिडिया एलायन्सको आपत्ति

मिडिया एलायन्स नेपालले नेपाल पत्रकार महासंघको नेतृत्वमा नेपाल रिपब्लिक मिडियामा गरिएको तालाबन्दीप्रति गम्भीर आपत्ति जनाएको छ। बुधबार नागरिक दैनिकमा तालाबन्दीसहितका आन्दोलनका कार्यक्रम भएपछि एलायन्सले विज्ञप्ति जारी गर्दै यसप्रति ध्यानाकर्षण गराएको हो।

विज्ञप्तिमा जिम्मेवार संस्थाबाट गरिएको यस्ता गतिविधिले प्रचलित कानुन तथा संवैधानिक व्यवस्थाको उल्लंघन गरेको उल्लेख गर्दै कुनै पनि पत्रपत्रिकाको प्रकाशनमा प्रत्यक्ष अवरोध पुर्‍याउने कार्य स्वीकार्य नहुने स्पष्ट पारिएको छ।

‘नेपाल रिपब्लिक मिडियामा पत्रकार महासंघजस्तो जिम्मेवार संस्थाबाट गरिएको तालाबन्दीप्रति मिडिया एलायन्स नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

एलायन्सले विवाद र समस्या समाधानका लागि आपसी संवाद नै उपयुक्त माध्यम भएको उल्लेख गर्दै दबाब सिर्जना गर्ने उद्देश्यले गरिने यस्ता गतिविधिले सञ्चार गृह, सञ्चालक–प्रकाशक र संस्थाको ख्यातिमा क्षति पुग्ने चेतावनी दिएको छ। साथै, कुनै पनि विवादको अन्तिम समाधान कानुनी प्रक्रियाबाटै हुनुपर्नेमा जोड दिएको छ।

नेपाल पत्रकार महासंघको नेतृत्वमा नेपाल रिपब्लिक मिडिया प्रालिद्वारा प्रकाशित नागरिक दैनिकमा तालाबन्दी गरिएपछि मिडिया एलायन्स नेपालले यस्तो धारणा सार्वजनिक गरेको हो।

त्यस्तै तालाबन्दीको घटनाप्रति निन्दा गर्दै मुलुकका अन्य राष्ट्रिय दैनिकहरूले पनि प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन्।

प्रकाशित: १५ माघ २०८२ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App