१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारी सवारी साधनबाट दुर्घटनामा परे उपचार खर्च सरकारले व्याेहाेर्ने

प्रदेश १ सरकार मातहतका सवारीसाधनबाट दुर्घटनामा परे सम्पूर्ण उपचार खर्च सरकारले वोहोर्ने भएको छ। प्रदेश १ को मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी सवारी साधनबाट दुर्घटनामा परे विमा रकम भन्दा बढी हुने सम्पूर्ण उपचार खर्च सरकारले व्याेहाेर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रदेश सरकार मातहतमा रहेका सवारीसाधन दुर्घटनामा परेर घाइते हुने सर्वसाधारणको उपचारमा जटिलता आएपछि सरकारले नै उचार खर्च बेहोर्ने  निर्णय गरेको जानकारी दिए। उनले मंगलबारको बैठकले विभिन्न ६ वटा निर्णय पनि गरेको बताए। 

उनका अनुसार मन्त्रिपरिषद् बैठकले यस अघि गरेको प्रदेश यातायात व्यवस्था निर्देशनालय हटाउने निर्णय सच्याएको छ। अर्को व्यवस्था नहुन्जेलका लागि निर्देशनालय यथावत राख्ने निर्णय गएिको कार्कीले बताए।

बैठकले मोरङको कटहरीमा रहेको कटहरी फलफूल तथा तरकारी थोक बजार सञ्चालन नियमावलीको दोस्राे संशोधन प्रस्ताव पारित गरेको छ। नियमावलीमा थोक बजारमा लेखा अधिकृतको दरबन्दी रहेकोमा त्यसलाई सच्याउँदै लेखा अधिकृत स्तरको कर्मचारी भन्ने शब्द थप गरिएको छ। बैठकले प्रदेश भवन निर्माण ऐन कार्यान्वयन गर्न कार्यविधि निर्माणको स्वीकृति दिने निर्णय पनि गरेको मन्त्री कार्कीले जानकारी दिए।

प्रकाशित: २१ असार २०७९ १३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App