८ वैशाख २०८१ शनिबार
राजनीति

अखिल र नेबिसंघ स्ववियु निर्वाचनबाट भागिरहेका छन्: पञ्चा सिंह

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागीरहेको आरोप लागाएकी छन्।

अखिल(क्रान्तिकारी) अस्कल क्याम्पसद्वारा बिहीबार काठमाडौंमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै नेतृ सिंहले यस्तो आरोप लगाएकी हुन्। लामो समयदेखि अवरुद्ध स्ववियू निर्वाचन गराउन पटक पटकको ताकेता गर्दा पनि संगठनबीचको संबादले निस्कर्ष दिन नसकेको भन्दै नेतृ सिंहको यस्तो प्रतिकृया आएको हो।

महासचिव दिपेश पुनसहित उपाध्यक्षद्वय तुकमान महरा र जीपी मैनालीले समसमायिक प्रशिक्षण मन्तब्य राखेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले बिध्यार्थी आन्दोलनमा दर्जन बढी संगठन कृयाशिल रहदै गर्दा निरन्तर स्ववियू निर्वाचन अवरुद्ध हुनुले बिध्यार्थी संगठनहरुमाथि नै प्रश्न उठेको भनाइ राखेको अखिल क्रान्तिकारीका नेता सञ्जीव रेग्मीले जानकारी दिए। 

अखिल(क्रान्तिकारी)ले हालै ३ महिने संगठनात्मक अभियान घोषणा गरेर मुलुकभर विभिन्न संगठनात्मक अभियान सँचालन गरिरहेको छ।

प्रकाशित: १६ असार २०७९ १४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App