१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रवादी भएर नेपालको कहिल्यै विकास भएनः सुजाता कोइराला

नेपाली काँग्रेसकी नेतृ एवं पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सधैँ राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको दाबी गरेकी छिन्।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेतृ कोइरालाले अरुलाई गाली गरेर र जहिल्यै पनि राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको जिकिर गरेकी हुन्। उनले नेपालमा भारत र अमेरिकाको कुरा आउने बित्तिकै विवाद सुरु हुन थालेको भन्दै यो राम्रो नभएको बताइन्।

उनले समितिमा लामो समयसम्म देशको प्रधान सेनापति जस्तो व्यक्तिलाई राख्नु लज्जास्पद भएको तर्क गरिन्। उनले अन्तर्राष्ट्रिय जगतले पनि यस्ता कुरामा चासो राखिरहेको हुने भन्दै साना कुरामा अल्झिएर बस्न नहुने बताइन्।

नेतृ कोइरालाले प्रधानमन्त्री, गृहमन्त्री र प्रधानसेनापति समेतले एसपीपी नेपालमा स्वीकार्य हुँदैन भन्ने कुरा स्पष्ट पारीसकेको भन्दै सधैँ काम नभएको जसरी बिना तुकका गफ गरेर बस्न नहुने बताइन्।

प्रकाशित: ३ असार २०७९ १२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App