४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तोकिएकै मितिमा विधान अधिवेशन गर्न उपेन्द्रलाई दबाब

जनता समाजवादी पार्टीको असन्तुष्ट पक्षले तोकिएको मितिमा विधान अधिवेशन  बोलाउन पार्टी नेतृत्वलाई दबाब दिएको छ। गत फागुन २९ र ३० गते बसेको केन्द्रीय समितिको बैठकले यही असार १ र २ गते विधान अधिवेशन बोलाउने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन गर्न डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले दबाब दिएका छन्।

असार १ र २मा विधान अधिवेशन बोलाउन पार्टीका कार्यकारिणी समितिका अध्यक्ष यादवले छाँटकाँट नदेखाए पछि भट्टराई पक्षधर नेताहरूले यस्तो दबाब दिएका हुन। ‘केन्द्रिय समिति निर्णय गरेपछि त्यो निर्णय कार्यान्वय हुनु पर्छ। अब यो पार्टीको निर्णय हो,’ जसपाका कार्यकारिणी समितिका सदस्य गंगानारायण श्रेष्ठले भने, ‘पार्टीको निर्णय कार्यान्वयन गर्नु सबैको दायित्व हो।’

जसपाको विधानमा २ जना अध्यक्षको व्यवस्था गरिएको छ। पहिलो स्थामा रहेका अध्यक्ष महन्थ ठाकुरले जसपा छोडेर नयाँ पार्टी गठन गरेपछि अहिले ठाकुरको ठाउँ खाली छ। असन्तुष्ट नेताहरू पहिलो नम्बरको अध्यक्षमा भट्टराईलाई राख्न र संघीय परिषद्को अध्यक्षमा अशोक राईलाई मनोयन गर्न अध्यक्ष यादवलाई सुरु देखि नै दबाब दिँदै आएका छन्।

तर यादव जसपामा २ जना अध्यक्ष राख्न तयार छैनन। यसको छिनोफानो विधान अधिवेशनले गर्ने सहमति भए पछि भट्टराइ पक्षधर नेताहरू विधान अविधेशनसम्म चुप लागेका थिए तर पार्टी अध्यक्ष यादवले विधान अविधेशन नै बोलाउने छाटकाट नदेखाएपछि अहिले उनीहरू सक्रिय भएका हुन्।

यादवसँग निकट मानिएका सांसदहरू पनि अहिले यादवको पक्षमा खुलेका छैनन्। पुरानो सहमति अनुसार जसपाले सरकारमा पुरानो टिमलाई फिर्ता बोलाई नयाँ टिम पठाउन उनीहरूहरूको माग छ। यो माग पुरा नहुँदासम्म यादवलाई उनी निकट सांसदहरूले साथ दिने अवस्था छैन।

प्रकाशित: २७ जेष्ठ २०७९ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App