३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेसको उम्मेदवार पराजित गराउन एमाले–जसपा गठबन्धन

सत्ता साझेदार पाँच दलीय गठबन्धनको सम्झौता विपरीत जसपाले एमालेसँग गठबन्धन गरेर महागढीमाई नगरपालिकाको कार्यपालिका सदस्याको चुनावमा नेपाली काँग्रेसको उम्मेदवारलाई पराजित गराएका छन्।

८ जना कार्यापालिका सदस्य निर्वाचित हुने निर्वाचनमा नेपाली काँग्रेसले एमाले समाजवादीसँग गठबन्धन गरेर निर्वाचनमा भाग लिएको थियो।

शुक्रबार गरिएको कार्यपालिका सदस्यहरुको मतदानमा  काँग्रेसबाट नगरको उपप्रमुखमा निर्वाचित बनेकी तारा देवीको अन्तर्घात र एमाले–जसपा गठबन्धनको कारणले काँग्रेसका उम्मेदवारहरु पराजय भोग्नु परेको काँग्रेस पार्टीबाट निर्वाचित महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादवले आरोप लगाएका छन्।

कार्यपालिका सदस्यको लागि जसपा मधेश प्रदेश अध्यक्ष रामबाबु यादव, नेपाली काँग्रेस बाराका सभापति राजेश राय यादवको डिजाईनमा नै पाँच दलीय गठबन्धन विपरीत गएर एमालेसँग निजी स्वार्थको लागि गठबन्धन गरेर काँग्रेस–एमाले समावादी पार्टीका उम्मेदवारलाई हराउन काम गरिएको उनले आरोप लगाए।

५७ सदस्यीय नगरसभा सदस्यहरु मध्ये नेपाली काँग्रेससँग २३ सदस्य, एमाले समाजवादीसँग ५ गरेर आफूसँग २८ जना रहेको थियो नगर प्रमुख उपेन्द्र यादवले बताए। जसपासँग १३ र एमालेसँग १६ गरेर उनीहरुसँग २९ सदस्य रहेको थियो।

मतदान गर्दा काँग्रेस बाराका सभापति राजेश राय यादवसँग नजिक रहेकी उपप्रमुख तारा देवीले अन्तरघात गरेर काँग्रेस–एमाले समाजवादी गठबन्धनका उम्मेदवारलाई मत नदिएर एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई मत दिँदा काँग्रेसका उम्मेदवार पराजित हुनु परेको यादवले अरोप लगाए।

स्थानीय तहको निर्वाचनमा पनि आफूलाई पराजिक गर्नको लागि सभापति राजेश राय यादवले जसपाको उम्मेदवार रामबाबु यादवलाई भित्रभित्रै सहयोग गरे पनि त्यसमा सभापति सफल नभएपछि अहिले कार्यपालिकाको निर्वाचनमा पनि खुलेरै काँग्रेसका उम्मेदवारलाई हराउन र एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई जिताउन लागेको उनले अरोप लगाए।

स्थानीय तहको निर्वाचनमा जसपाका प्रदेश अध्यक्ष रामबाबु यादवले जित्ने कार्यकर्ताभन्दा पनि पैसा लिएर टिकट लिएपछि जसपाले राम्रो प्रदर्शन गर्न नसकेको अरोप जसपाका नेताहरुले लगाउँदै सामाजिक सञ्जालमा समेत लेखेका थिए।

प्रकाशित: २० जेष्ठ २०७९ १४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App