१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उपत्यकामा १२ प्रमुखसहित कांग्रेस ठूलो दल

एमालेले पाँच, राप्रपा र नेमकिपा एक–एकमा निर्वाचित

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट काठमाडौं उपत्यकामा नेपाली कांग्रेस ठूलो दलकारूपमा स्थापित भएको छ। काठमाडौं र ललितपुर महानगरपालिका बाहेक अन्य स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले १२, नेकपा एमालेले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले र नेपाल मजदुर किसान पार्टीले एक/एक स्थानीय तहमा जित निकालेका छन्।

कांग्रेस सार्वजनिक भएका काठमाडौंका दस स्थानीय तहको परिणाम अनुसार सात, नेकपा एमालेले दुई र राप्रपाले एकमा विजयी हाँसिल गरेको छ। काठमाडौंको कागेश्वरी मनोहरामा नगरपालिका नगर प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र कार्की, चन्द्रागिरी नगरपालिका नगर प्रमुखमा नेपाली कांग्रेसका घनश्याम गिरी, नागार्जुन नगरपालिका नगर प्रमुखमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत, गोकर्णेश्वर नगरपालिकामा दीपककुमार रिसाल, तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णहरि महर्जन, कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका राजकुमार नकर्मी र दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन्। त्यस्तै बुढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेका मिठाराम अधिकारी, टोखा नगरपालिकामा नेकपा एमालेका प्रकाश अधिकारी र शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित निर्वाचित भएका छन्।

काठमाडौं महानगरपालिकाअन्तर्गत ३२ वडामध्ये १५ वटा वडाको मतगणना सकिंदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेका छन्। उनले ४१ हजार २७९ मत ल्याइरहँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार ८५५ मत प्राप्त गरेका छन्। काठमाडौं महानगरपालिकाअन्तर्गत वडा नं.१मा भरतलाल श्रेष्ठ, वडा नं.२ मा राजेन्द्रकुमार श्रेष्ठ, वडा नं.३मा प्रेम थापा, वडा नं.४ मा दिनेश महर्जन, वडा नं.५मा वीरेन्द्र प्रजापती, वडा नं.६मा भुवन लामा, वडा नं.७ मा विमलकुमार होडा, वडा नं.८ आशामान संगत, वडा नं.२४ मा विनोदकुमार राजभण्डारी, वडा नं.२७ योगेशकुमार खड्गी, वडा नं. २८ मा भाइराम खड्की, वडा नं.२९मा कुश ढकाल, वडा नं. ३० मा दलबहादुर कार्की, वडा नं.३१ मा सरोज ढकाल र वडा नं. ३२ मा नवराज पराजुली वडाध्यक्षमा निर्वाचित भइसकेका छन्।

२०७४ स्थानीय तह निर्वाचनमा काठमाडौंअन्तर्गत १० पालिकामध्ये नेकपा एमालेले ६ वटा र नेपाली कांग्रेसले चार वटामा विजयी हासिल गरेको थियो। २०७४ स्थानीय तह निर्वाचनमा काठमाडौंको कागेश्वरी मनोहरामा नगरपालिका नगर प्रमुखमा नेकपा एमालेका कृष्णहरि थापा, किर्तीपुर नगरपालिकामा नेकपा एमालेका रमेश महर्जन, टोखा नगरपालिकामा नेकपा एमालेका प्रकाश अधिकारी, तार्केश्वर नगरपालिकामा नेकपा एमालेका रामेश्वर बोहरा, बुढानिलकण्ड नगरपालिकामा नेकपा एमालेका उद्धवप्रसाद खरेल र शंखरापुरमा नेकपा एमालेका सुवर्ण श्रेष्ठ निर्वाचित भएका थिए।

त्यस्तै गोकर्णेश्वर नगरपालिका नगर प्रमुखमा नेपाली कांग्रेसका सन्तोष चालिसे, चन्द्रागिरी नगरपालिका नेपाली कांग्रेसका घनश्याम गिरी, दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसका मोहन बस्नेत र नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका थिए। 

ललितपुर महानगरपालिका मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले अग्रता लिइरहेका छन्। २९ वटा रहेको ललितपुर महानगरपालिकाअन्तर्गत वडा नं. निर्मल तण्डुकार, वडा नं. २ मा राजेन्द्रकुमार महर्जन, वडा नं. ३ मा श्रीगोपाल महर्जन, वडा नं. ४ मा सन्तोष खड्का, वडा नं. ५ मा विकासमान श्रेष्ठ, वडा नं.६ रूपेन्द्रराज शाक्य, वडा नं. ७ मा कुलबहादुर महर्जन, वडा नं. ८ मा बाबुरत्न महर्जन, वडा नं.९ मा राजु महर्जन, वडा नं. १० मा रबिनमान व्यञ्जनकार, वडा नं.११ मा अरोजकुमार खड्गी, वडा नं.१२ मा नारायणलाल अवाले, वडा नं.१३ मा गणेश केसी, वडा नं. १४ मा अमृतजंग महत, वडा नं.१५ मा सुरेशबहादुर साही, वडा नं.१७ मा विनोद महर्जन, वडा नं. १८ मा दामोदर खड्का, वडा नं. १९ मा राजेन्द्र महर्जन र वडा नं. २० मा चन्द्रलाल महर्जन वडाध्यक्षमा निर्वाचित भइसकेका छन्।

ललितपुरअन्तर्गत पाँच पालिकामध्ये नेपाली कांग्रेसले तीन र नेकपा एमालेले दुईमा विजयी हासिल गरेको छ। ललितपुरको गोदावरी नगरपालिकामा कांग्रेसका गजेन्द्र महर्जन, महांकाल गाउँपालिका नेपाली कांग्रेसका गणेश केसी, बाग्मती गाउँपालिका कांग्रेसका वीरबहादुर लोप्चन, कोन्ज्योसोम गाउँपालिका नेकपा एमालेका कृष्णमान लामा र महालक्ष्मी नगरपालिका नगर प्रमुखमा एमालेका हरिगोविन्द श्रेष्ठ,  नगर प्रमुखमा निर्वाचित भएका छन्।

२०७४ स्थानीय तह निर्वाचनमा ललितपुरअन्तर्गत पाँच पालिकामध्ये नेकपा एमालेले तीन वटा र नेपाली कांग्रेसले दुई वटामा विजयी हासिल गरेको थियो। २०७४ स्थानीय तह निर्वाचनमा ललितपुरको कोन्ज्योसोम गाँउपालिका नेकपा एमाले गोपिलाल सितान, महांकाल गाँउपालिकामा नेकपा एमालेका रामचन्द्र दाहाल, महालक्ष्मी नगरपालिकामा नेकपा एमालेमा रामेश्वर श्रेष्ठ, गोदावरी नगरपालिकामा कांग्रेसका गजेन्द्र महर्जन र बाग्मती गाँउपालिकामा कांग्रेसका वीरबहादुर लोप्चन निर्वाचित भएका थिए।  

भक्तपुरअन्तर्गत चार पालिकामध्ये नेपाली कांग्रेसले दुई, नेकपा एमालेले एक र नेपाल मजदुर किसान पार्टीले एकमा विजयी हासिल गरेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका नगर प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्री, मध्यपुर थिमि नगरपालिका नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकामा नेकपा एमाले बासुदेव थापा र भक्तपुर नगरपालिका नेमकिपाका सुनिल प्रजापती निर्वाचित भइसकेका छन्।

२०७४ स्थानीय तह निर्वाचनमा काठमाडौंअन्तर्गत चार पालिकामध्ये नेकपा एमालेले तीनवटा र नेमकिपाकाले एकमा एकमा विजयी हासिल गरेको थियो। २०७४ स्थानीय तह निर्वाचनमा भक्तपुरको चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका सोमप्रसाद मिश्र, मध्यपुर थिमि नगरपालिकामा नेकपा एमालेको मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका वासुदेव थापा र भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापति विजयी भएका थिए।

२०७४ को स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्य र ललिपुर महानगरपालिकामा कांग्रेस चिरिबाबु महर्जन निर्वाचित भएका थिए। काठमाडौं उपत्यकाअन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरको १९ पालिकामध्ये एमालेले १२, कांग्रेस ६ र नेमकिपा एक पालिकामा विजय हाँसिल गरेको थियो।

प्रकाशित: ९ जेष्ठ २०७९ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App