८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचित १० पालिका प्रमुखले लिए सपथ

पालिकाप्रमुखहरु सपथ लिदै।

नुवाकोटको १० स्थानीय तहका प्रमुखहरुले सपथ ग्रहण गरेका छन्। जिल्ला निर्वाचन कार्यलय नुवकोटको आयोजनामा भएका एक कार्यक्रमकाबीच उनीहरुलाई मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले सपथ ग्रहण गराएका हुन्। 

जिल्लाको १२ स्थानीय तह मध्ये विदुर नगरपालिका र वेलकोटगढी नगरपालिकामा मतगणना जारी रहेको छ। दुई नगरको मतगणनाको अन्तिम नतिजा आएपछि छुट्टै सफल ग्रहण गराउने जिल्ला निर्वाचन कार्यलय नुवाकोटका निर्वाचन अधिकारी जय प्रसाद गौतमले बताए।

बिहीबार सपथ लिनेहरुमा तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश तामाङ, सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठ, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर थापा, तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी र शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया रहेका छन्।

सपथ लिएका अध्यक्षहरुले आ–आफ्नो पालिकाको उपप्रमुख,  वडा अध्यक्षहरु र वडा सदस्यहरुलाई सपथ ग्रहण गराउने निर्वाचन अधिकारी जय प्रसाद गौतमले बताए। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालको लागि निर्वाचित जनप्रतिनिधिहरुले शुक्रबारदेखि जिम्मेवारी सम्हाल्नेछन्। सपथ ग्रहण कार्यक्रमलाई संबाेधन गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जनताको अपेक्षा अनुसार कार्य सम्पादन गर्नलाई जनप्रतिनिधि समक्ष आग्रह गरेका छन्।  

'जनताले सहज रुपमा देखिने सरकार भनेको स्थानीय तह हो। आफूले दिएको मत खेर गएन भन्ने आभाष मिल्ने गरी जनताको काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,' रिसालले भने, 'सपथ ग्रहण लिदा उल्लेख भएको विषयलाई मध्यनजर गर्दै अघि बढ्नु होला। जनताको साझा सेवक बन्नु होला। कार्य सम्पादनमा राजनैतिक गन्ध नमिसाइदिनुहोला।'

प्रकाशित: ५ जेष्ठ २०७९ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App