१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ककनीमा माओवादी केन्द्रको नेतृत्व

अध्यक्ष सुमन लामा (सज्जन) र उपाध्यक्ष मिठुमाया लामा।

गत स्थानीय तहको निर्वाचमा जस्तै यसपटक पनि नुवाकोटको ककनी गाउँपालिकामा नेतृत्व गर्ने अवसर नेकपा (माओवादी केन्द्र) ले पाएको छ।

मंगलबार दिउँसो सम्पन्न भएको मत परिणाम अनुसार अध्यक्षमा सुमन लामा (सज्जन) र उपाध्यक्षमा मिठुमाया लामा विजयी भएका छन्। अध्यक्षमा विजयी भएका लामाले ४ हजार ८ सय ४२ मत प्राप्त गरेका छन्।

उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज घिमिरेले ४ हजार ५६ र नेकपा एमालेका काशिराज अधिकारीले ३ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्। त्यस्तै उपाध्यक्षमा विजयी मिठुमाया लामाले ४ हजार १ सय २३ मत ल्याएकी छिन्।

उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी प्रमिशा तामाङले ३ हजार ७ सय ६७ र नेकपा (एमाले) की लजिता लामाले ३ हजार ६ सय ९९ मत प्राप्त गरेकी छिन्। ककनी गाउँपालिकामा ८ वटा वडा रहेको छ। ती मध्ये नेपाली कांग्रेसबाट वडा नम्बर २ मा तिलक लामा, नम्बर ५ मा बुद्धराज लामा, वडा नम्बर ७ मा रामकृष्ण तामाङ विजयी भएका छन्।

नेकपा माओवादी केन्द्रबाट वडा नम्बर १ मा पदमबहादुर बलामी, वडा नम्बर ३ मा घननाथ बजगाई, वडा नम्बर ६ मा लक्ष्मण लामा विजयी भएका छन्। त्यस्तै एमालेबाट वडा नम्बर ४ मा सोनाम तामाङ, वडा नम्बर ८ मा शेषमान लामा विजयी भएका छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ १०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App