३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

मार्मा गाउँपालिकाः तीनमा माओवादी, २ एमाले र १ मा कांग्रेस

दार्चुलाको मार्मा गाउँपालिकामा गठबन्धनका उम्मेदवार  नेकपा माओबादी केन्द्रका जमन सिह धामी विजयी भएका छन। धामी ३ हजार ८ सय १३ मत ल्याएर विजयी भएका हुन। उनका निकटतम प्रतिद्धन्द्धी एमालेका देबसिह महरले ३ हजार  ८४ मत ल्याएका थिए।  

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी शर्मिला सिंह ३ हजार २ सय २३ मत सहित विजयी भएकी छन भने उनकी निकटतम प्रतिद्धन्द्धी एमालेकी राजु धामी २ हजार ८ सय  ५३  मत प्राप्त गरेकी छन्। छ वटा वडा रहेको गाउँपालिकामा  तीन  वटा वडामा नेकपा माओबादी केन्द्र, दुई  वटा वडामा नेकपा एमाले र एक मात्र वडामा नेपाली कांगेसका उम्मेदवारहरु प्यानल सहित निर्वाचित भएको नौगाड गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्षमा निर्वाचित धामी निवर्तमान अध्यक्ष समेत हुन भने निकटतम प्रतिस्पर्धी महर गत स्थानीय निर्वाचनमा पनि निकटतम प्रतिस्पर्धी थिए।  

प्रकाशित: १ जेष्ठ २०७९ १७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App