१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

छिमेकीसँग समदूरी होइन, समताको सम्बन्ध : खनाल

काठमाडौं, पुस १३ (नागरिक)-  सत्तासीन एमालेका अध्यक्ष झलनाथ खनालले भारत र नेपालसँग 'समदूरी' को भन्दा समताका आधा।मा सम्बन्ध राख्नुपर्ने बताएका छन्।

'समदूरी भन्ने शब्द सून्नमा जति राम्रो लाग्छ, व्यवहारमा ठ्याक्कै उतार्न अप्ठेरो पर्छ' परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित 'फरेन पलिसी अफ नेपाल : इस्युज, अप्सन्स् एण्ड फ्युचर डाइरेक्सन्स्' विषयक कार्यशालामा एमाले अध्यक्षले भने, 'त्यसैले दुवै छिमेकीसँग समानताका आधारमा सम्बन्ध कायम गर्नुपर्छ।'


एमालेले दक्षिण र उत्तरका छिमेकीसँग 'समदूरी' का आधारमा सम्बन्ध राख्नुपर्ने भन्दै आएका बेला अध्यक्ष खनालले 'समता' को तर्क अघि सारेका हुन्। पछिल्लो समय परराष्ट्रविद्व तथा कूटनीतिज्ञले समेत दुवै छिमेकीसँग 'समनिकतता' का आधारमा सम्बन्ध कायम गर्नुपर्ने बताउँदै आएका छन्।


एमाले अध्यक्ष खनालले राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिमा आएका अभूतपूर्व परिवर्तनका कारण नेपालले आफ्नो परराष्ट्र नीतिलाई पनि समायानुकुल गतिशील बनाउनुपर्ने बताए।

उनले भुमण्डलीकरण, क्षेत्रियकरण, छिमेकी राष्ट्रका उदयलगायत पक्षलाई ध्यानदिई परराष्ट्र नीतिलाई सामयिक पुनरावलोकन गर्नुपर्ने बताए।

'राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तनसँग मिल्नेगरी नेपालले परराष्ट्र नीतिलाई नयाँ आयम दिनुपर्छ' अध्यक्ष खनालले भने।

उक्त अवसरमा अध्यक्ष खनालले प्रतिष्ठानद्वारा प्रकाशित दुई पुस्तिका समेत विमोचन गरे। विमोचित पुस्तिकाहरूमा सन् १९९० यता नेपाल र भारतका प्रधानमन्त्रीले एक-अर्का देशका भ्रमणका क्रममा भएका सम्झौता तथासंयुक्त प्रेस वक्तव्यहरूको संश्लेषण र राजदूत तथा कूटनीतिक सेवामा कार्यरत राजपत्राङ्कित तहका कर्मचारीहरूको पाठ्यक्रम हुन्।
प्रतिष्ठानका कार्यकारी अध्यक्ष गोपाल पोखरेलले यी पुस्तिका नेपाल-भारत सम्बन्धमा चासो राख्ने र कूटनीतिक क्षेत्रका जिज्ञाशुलाई पठनपयोगी हुने बताए।

कार्यशालामा पूर्व राजदूत शम्भुराम सिंखडा र परराष्ट्र मन्त्रालयका पूर्वसहसचिव माधवजी श्रेष्ठले नेपालको वर्तमान अवस्थामा नेपालको परराष्ट्र नीतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: १३ पुस २०६६ ०६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App