coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वडाध्यक्षका उम्मेदवार चौधरीको निधन

दाङमा एक वडा अध्यक्षका उम्मेदवारको निधन भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको हो। 

चौधरी चुनाव प्रचारका क्रममा बिरामी परेका थिए। उनलाई मृगौला र कलेजोको समस्या थियो। उनी एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका थिए।

वडा अध्यक्षका उम्मेद्वारको निधन भएपछि तुलसीपुर उपमहानगरको चुनाव के हुने भन्ने अन्यौल भएको छ। दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार वडा अध्यक्षका उम्मेदवारको निधन भएपछि नगरकै निर्वाचन स्थगित हुने र नहुने भन्ने स्पस्ट छैन।

'वडा अध्यक्षका उम्मेदवारको निधन भएको सम्बन्धित पार्टीले जानकारी गराएको छ' थापाले भने 'अब नगरको चुनाव के हुने भन्ने अन्यौल बनेको छ।' उनले यस बारेमा निर्वाचन आयोगलाइ जानकारी गराएको र आयोगबाट आउने जानकारी अनुसार चुनाबी प्रक्रिया के गर्ने भन्ने निर्क्यौल हुने बताए।

प्रकाशित: २७ वैशाख २०७९ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App