२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

फुट्यो चन्द नेतृत्वको नेकपा, बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) पार्टी

पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ।  

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औंपचारिक रुपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ।  

कतिपय केन्द्रीय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्विकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नुपरेको संयोजक बास्तोलाले बताए।  

उनले नयाँ आफ्नो पार्टीको कार्यनीति बैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने र त्यसका लागि मुलुकको समृद्धि र स्वाधिनताको नारालाई अघि बढाउने रहेको बताए।  

संयोजक बास्तोलाले भने, ‘महासचिव विप्लव समूहले कतिपय केन्द्रीय सदस्यहरुलाई नै एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा उठाउने जस्तो संसदवादमा लालायित भएपछि आफूहरुले जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यलाई निरन्तरता दिँदै नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेका हौं।’  

उनकाअनुसार पार्टीको मूल कार्यनीति भनेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु हो। त्यसका लागि समृद्धि र स्वाधिनताको नारालाई अघि सारिएको छ।

बास्तोलाले केपी ओली, प्रचण्डहरुले लिएको बाटोबाट मुलुकमा जनवादी क्रान्ति सम्पन्न नहुने देखेपछि आफूहरुले बहुमतले विप्लवलाई छोडेर नयाँ पार्टी बनाएको स्पष्ट पारे।

प्रकाशित: २६ वैशाख २०७९ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App