१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘हेबीवेट’ का नेताको निर्वाचन क्षेत्र कोशीमा त्रीपक्षीय प्रतिस्पर्धा

‘हेबीवेट’ का नेताको प्रभाव रहेको सुनसरी कोशी गाउँपालिकामा आसन्न वैशाख ३० गते हुन लागेको निर्वाचनमा त्रीपक्षीय प्रतिस्पर्धा हुने भएको छ।  

जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादव, नेपाली काँग्रेसका नेता तथा सूचना, प्रविधि तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले नेता जगदीस कुसियतको प्रभाव रहेको कोशीमा त्रीपक्षीय प्रतिस्पर्धा हुने भएको हो। यहाँ अध्यक्ष, उपाध्यक्षसँगै वडामा पनि त्रीपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।

कोशी गाउँपालिकामा प्रमुख पद अध्यक्षका लागि काँग्रेसका ऐयुव अनसारी, समाजवादी पार्टीका देवकृष्ण यादव र एमालेका अजयकुमार कुसियतबीच प्रतिस्पर्धा हुने देखिएको छ। उपप्रमुखमा काँग्रेसकी अनिता यादव, समाजवादीकी अणुदेवी खेरवार र एमालेकी अनिताकुमारी उरावबीच प्रतिस्पर्धा हुने देखिएको छ।  

कोशी गाउँपालिकामा सवै राजनीतिक दलले बिना तालमेल प्रतिस्पर्धा गर्ने भएका छन्। अहिलेसम्म कोहीसँग पनि तालमेलको वातावरण नबनेपछि सबै दल एक्ला एक्लै प्रतिस्पर्धा गर्ने निश्चित भएको एमालेका स्थानीय नेता उमेश साहले बताए।  

‘अहिलेसम्म कुनै पनि दलबीच तालमेल नबनेकाले गर्दा मुख्य गरी तीन दल काँग्रेस, एमाले र समाजवादीबीच त्रीपक्षीय प्रतिस्पर्धा हुने नै देखिएको छ।’

यहाँ प्रमुख र उपप्रमुखबाहेक वडा नं. १ मा काँग्रेस र जनता समाजवादी पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको छ। यस्तै, वडा नं. २ मा एमाले र जनता समाजवादी पार्टीबीच र वडा नं. ३, ४, ५, ६ मा भने काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ। यस्तै, वडा नं. ७ मा काँग्रेस, माओवादी र जनता समाजवादीबीच प्रतिस्पर्धा हुने देखिएको छ। व्डा नं. ८ मा भने एमाले, काँग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुने देखिएको छ।  

२०७४ सालको निर्वाचनमा यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै जना काँग्रेसले जितेको थियो। त्यतिबेला काँग्रेसका दुई जना वडाध्यक्ष दस जना सदस्य विजयी भएका थिए। एमालेबाट एक वडाध्यक्ष र दस जना सदस्य विजयी भएका थिए। कोशी गाउँपालिकामा लोकतान्त्रिक फोरमबाट दुई जना वडाध्यक्ष र तीन जना सदस्य विजयी भएका थिए। लोकतान्त्रिकबाट विजयी भएका अहिले काँग्रेसमा समायोजन भइसकेका छन्। त्यतिबेला नेता उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालबाट दुई जना वडाध्यक्ष र आठ जना सदस्य विजयी भएका थिए। त्यस बेला देवकृष्ण यादव अध्यक्षको दाबेदार भएपनि पार्टीले जितु खरेवारलाई उम्मेदवार बनाएको थियो। जसले गर्दा यादवले अध्यक्षले बागी उम्मेदवारी दिएका थिए। काँग्रेसका बागी उम्मेदवारले वडा नं. १ मा वडाध्यक्ष र दुई जना सदस्य विजयी भएका थिए।

२०७४ सालमा कोशी गाउँपालिकामा २२ हजार चार सय ३० जना मतदाता रहेकोमा यसपटक मतदाता २६ हजार ४६६ जना पुगेका छन्। यहाँ महिला ११ हजार ७७५ र पुरुष १४ हजार ६९१ जना रहेका छन्।

प्रकाशित: १९ वैशाख २०७९ १३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App