२ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

आधा घण्टामा ८० भोट : एमाले महाधिवेशनको नतिजा कहिले आउँछ?

नेकपा एमालेको ११ औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान प्रक्रिया उत्साहजनक रूपमा अगाडि बढेको छ। बिहान ९:२० बजे सुरु भएको मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका छन्। 

एक जना व्यक्तिलाई मतदान प्रक्रिया पूरा गर्न करिब आधा घण्टा लाग्ने गरेको छ। यसरी आधा घण्टामा  ८० वटा विद्युतीय भोटिङ मेसिनमार्फत ८० वटा मतदान हुने गरेको छ। 

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार कुल २ हजार २६३ मतदातामध्ये मतदान प्रक्रियामा प्रतिनिधिहरूको सहभागिता उत्साहपूर्ण देखिन्छ।

गौतमले भने, ‘मतदान अत्यन्तै सकारात्मक र व्यवस्थित ढंगले अगाडि बढिरहेको छ। निष्पक्ष र भयरहित वातावरणमा मतदाताले आफ्नो नेता छान्ने पाउने अधिकारको सुनिश्चितता गरिएको छ।’

उनका अनुसार मतदान प्रक्रिया पूर्ण रूपमा सकिन साढे ८ घण्टाभन्दा लामो समय लाग्ने देखिएको छ। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने उनको भनाइ छ। गौतमले आज राति १० बजे अगावै अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी रहेको बताए। 

प्रकाशित: २ पुस २०८२ १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App