४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

डा शेखर प्रश्नः नेतालाई स्थानहद तोकेर कस्तो निर्वाचन खोजिँदैछ ?

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले  निर्धारित मितिमा चुनाव हुनेमा आशंका व्यक्त गरेका छन् । दलहरू चुनावका लागि तयार भए पनि सरकार नै चुनाव गराउने पक्षमा छैन कि भन्ने डा कोइरालाको आशंका छ ।  

जेन्जी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता नभएको, भागेका कैदी पक्राउ नपरेको  र ठूला दलका नेतालाई स्थानहद तोकेका कारण सरकार नै चुनाव गराउने पक्षमा नदेखिएको डा कोइरालाको भनाई छ ।  

उनले भने ‘ठूलो दलको नेतालाई भ्याली नछाड्ने गरी स्थानहद तोकेर कस्तो चुनाव गराउन खोजिंदैछ  ?’ कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको तर, सरकार नै चुनाव गराउन इच्छुक छ कि छैन भन्ने आशंका बढेको बताए ।  

लुटिएका हतियार र फरार भएका कैदी पक्राउ नगरेसम्म सुरक्षाको वातावरण तयार नहुने उनले स्पष्ट पारे । ‘चुनाव गराउन सरकार नै इच्छुक छ की छैन भन्ने चिन्ता लाग्न थालेको छ’ डा कोइरालाले भने । तोकिएको मितिमा निर्वाचन नभए संसद पुनः स्थापनाको प्रक्रिया अघि बढ्ने  उनले स्पष्ट पारे  ।  

 

प्रकाशित: २ पुस २०८२ १९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App