उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे–मान्छेका बिचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित स्वर्णिम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्मा द्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै हुँदै उपराष्ट्रपति पुनले मान्छे–मान्छेका बिचमा असमानता र विभेद हुनुनहुने बताए।
समाजमा धनि र गरिबका बिचमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा असमानता र विभेद रहेको भन्दै त्यसप्रकारको विभेदको अन्त्य हुनुपर्ने उनले सुनाए। उपराष्ट्रपति पुनले विभेदको अन्त्यका लागि थुप्रैखालका राजनीतिक संघर्षहरु भएपनि जनताले अपेक्षा गरे अनुसारको परिवर्तन हुन नसकेको बताए। ‘सबै मान्छेहरु समान हुनुपर्छ । मान्छे मान्छे बिचमा विभेद हुनुहुँदैन । असमानता हुनुहुँदैन ,‘उनले भने, ‘कसैको छोराछोरीले पढ्न पाउने, कसैको छोराछोरीहरुले पढ्न नपाउने हुनुहुदैन।’
उपराष्ट्रपति पुनले देशले मलाई के दियो भनेर होइन देशलाई मैले के दिनसक्छु भनेर सोच्नुपर्ने बताए। सकारात्मक सोचका साथ देशका लागि सकेको योगदान गर्नुपर्नेमा उनको जोड थियो। ‘देशले मलाई केही दिएन भन्नुभन्दा पनि मैले देशलाई के दिएँ ? के दिन सक्छु ?उनले थपे, ‘ के गर्न सक्छु भन्ने सोचको विकास हुनु जरुरी छ जस्तो मलाई लाग्छ ।’
प्रकाशित: ६ चैत्र २०७८ ११:१३ आइतबार





-600x400.jpg)