२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनता समाजवादी पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

जनता समाजवादी पार्टीबाट विजयी भएका आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारी एमालेमा प्रवेश गरेका छन्।

नेकपा एमालेले शनिबार आदर्श कोतवाल गाउँपालिकाको महेन्द्र आदर्श जयनगर च्युँटाहाको रामचरित्र माविमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्सारीलाई टीका र माला लगाई प्रवेश गराएका हुन्।

गाउँपालिका अध्यक्ष अन्सारीसहित चारजना अन्य पार्टीबाट निर्वाचित वडाध्यक्षहरु पनि एमालेमा प्रवेश गरेका हुन्।  

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तराई/मधेसको विकास गर्न सजिलो रहेको बताएका छन्। पहाडको जस्तो पहरो खन्नु नपर्ने भएकाले तराई/मधेसको जिल्लाहरुमा विकास गर्न सजिलो भएको उनले बताए।

साेही क्रममा मधेसका नेता हुँ भनेर मधेसका नेताहरुले जनता अल्मल्याएको आरोप समेत ओलीले  लगाए।

प्रकाशित: २८ फाल्गुन २०७८ १५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App