८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

जनतालाई अनुभुति हुने काम गरिए मात्र शहीद प्रति सच्चा श्रद्धाञ्जली हुने: चक्रपाणी पाण्डेय

कपिलवस्तुको तौलिहवामा ७२औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। प्रजातन्त्र दिवसका अवसरमा र्‍याली सहीत ब्याटमिन्टन, फुटवल, वक्तृत्वकला र कविता प्रतियोगीता गरिएको हो। शनिबार दिवसका अवसरमा तौलिहवामा र्‍याली निकालिएको थियो।

र्‍यालीपछि कपिलवस्तु नगरपालिका सभा हलमा आयोजित सभामा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले लामो संघर्ष पछि आएको प्रजातनत्रलाई संस्थागत गर्नुपर्ने बताए। उनले जनतालाई अनुभुति हुने किसिमको काम गरिए मात्र शहीदहरु प्रति सच्चा श्रद्धाञ्जली हुने बताए।

सो अवसरमा जिल्ला समन्वय समितिका उप प्रमुख तारावती चौधरीले मुलुकमा प्रजातन्त्र स्थापना भएको ७२ वर्ष हुँदा पनि अझैसम्म जनताले त्यसको अनुभुति गर्न नसकेको भन्दै गुनासो गरिन्। उनले प्रजातन्त्र लोकतन्त्र गणतन्त्र व्यवस्थालाई बचाई राख्न हरेकले आ-आफनो स्थानबाट भुमिका खेल्नुपर्ने बताइन्।

प्रजातन्त्र दिवसमा गरिएको कार्यक्रममा कर्मचारी र सुरक्षाककर्मी गरी सय जनाको सहभागीता रहेपनि जन प्रतिनिधिको रुपमा ६ जनाको मात्र सहभागीता थियो। सो अवसरमा ब्याडमिन्टन र फुटबल खेलमा विजयी भएका खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो।

प्रजिअ पाण्डेयको अध्यक्षतामा  भएको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, नागरिक समाजका सदस्य पशुपतिमणि त्रिपाठी मानव अधिकारकर्मी रामदयाल ठाकुर लगायतले शुभकामना मन्तव्य दिएका थिए। सो अवसरमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेलले कविता वाचन समेत गरेका थिए।

कार्यक्रमकै बिच जिल्ला निर्वचन कार्यालयको आयोजनामा छैठो निर्वाचन दिवसका अवसरमा स्थानीय तहको निर्वाचनको विषयमा जानकारी गराइएको थियो। सो अवसरमा जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले निर्वाचन आचारसंहीता, जिल्लाको मतदाता संख्या, स्थान, जनप्रतिनिधिको संख्या लगायतका विषयमा जानकारी गराएका थिए। 

प्रकाशित: ७ फाल्गुन २०७८ ०९:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App