बिहीबार सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बिहान साढे १० बजेपछि शीर्ष नेताहरुले भेट गरेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो।
उनीहरुबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजै बिहान काँग्रेस नेता शेखर कोइराला र प्रचण्डबीच पनि छलफल भएको थियो।
प्रकाशित: २७ माघ २०७८ १२:५६ बिहीबार