२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले निर्वाचनबारे छलफल गर्न आयोगका पदाधिकारीलाई बोलाए

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएका छन्। मंगलबार दिउँसो ३ बजे आयोगका पदाधिकारीलाई बालुवाटार बोलाइएको बताईएको छ।  

गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने र सरकारले निर्वाचन आयोगसँग छलफल गरेर मिति तोक्ने निर्णय गरेको थियो। सो निर्णयपछि प्रधानमन्त्री देउवाले पहिलो पटक आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन्।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितका आयोगका पदाधिकारी मंगलबार बालुवाटार जादैँछन्। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते देशभरका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले त्यसअघि नै निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ।

प्रकाशित: १८ माघ २०७८ ०८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App