६ वैशाख २०८१ बिहीबार
राजनीति

विवादका बीच गाउँसभाबाट ऐन तथा कार्यविधि पारित

रानीमत्तास्थित गुरासँ गाउँपालिकामा भएको गाउँसभा। तस्बिरः नागरिक

गुरासँ गाउँपलिका दैलेखको नवौं गाउँसभाले बहुमतको प्रयोग गरेर ऐनहरु पारित गरेको छ। विपक्ष पार्टीबाट प्रतिनिधित्व गर्ने गाउँ सभा सदस्यहरुले ऐनहरु अध्ययनको समय मागेपछि गाउँ सभामा बहुमतको प्रयोग गरेर ऐनहरु पारित भएका हुन्।

गाउँपालिकाले प्रस्तुत गरेको ऐन तथा कार्यविधिहरुमा विद्युत ऐन, गाउँ प्रहरी व्यवस्थापन कार्यविधि, गुरासँ अस्पताल स्थापना र सञ्चालन कार्यविधि, स्थानीय सेवा ऐन गाउँ सभाको बहुमत सदस्यको प्रयोग गरेर पारित भएको हो। ४७ जना गाउँसभा सदस्य रहेकामा २३ जना उपस्थित सभाले ऐन तथा कार्यविधि पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्यले बताए। विपक्षी नआएपछि बहुमतले ऐन तथा कार्यविधि पारित भएको आर्चायले बताए। एमालेबाट गाउँसभामा १९ जनाले प्रतिनिधित्व गर्छन्।

ऐन तथा कार्यविधि कार्यपालिका बैठकमा प्रस्तुत भएपनि विवाद भएपछि सिधा गाउँसभामा लगिएको जनाईएको छ। ‘गाउँ सभाको पहिलो दिनमा ऐन तथा कार्यविधिहरु सभाका सदस्यहरुले अध्ययन गर्नुपर्ने प्रस्ताव लग्दा सुनुवाई भएन।’ गाउँ कार्यपालिका सदस्य तथा वडा नम्वर ८ का वडाअध्यक्ष पूर्णबहादुर ओलीले भने, ‘अध्यक्षले सभा स्थगन गरेर भोलिपल्ट बहुमतले पारित भएछ।’ मुख्यतः अस्थायी कर्मचारी स्थायी बनाउने स्थानीय सेवा ऐन गाउँपालिका अध्यक्ष खेमराज ओलीले आफ्ना कर्मचारीहरुलाई अनुकूल हुने खालका धाराहरु राखेकाले अध्ययन हुनुपर्ने नेकपा एमालेले माग राखेको कार्यपालिका सदस्य ओलीले बताए। ‘आफूहरुले अध्ययन गरेर पारित गरौं भन्दा उहाँले बहुमत प्रयोग गरेर पारित गछौं भन्नुभो।’

कार्यपालिका सदस्य ओलीले भने, ‘अव, कार्यान्वय कसरी हुन्छ त्यो हेर्न बाँकी छ।’ गाउँ सभाका बारेमा गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसंग सम्र्पक गर्न खोज्दा सम्र्पकमा आएनन्।

प्रकाशित: ७ माघ २०७८ १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App