१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् बिस्तार माघ १२ पछि

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार माघ १२ गतेपछि गरिने भएको छ। बिहीबार मन्त्रिपरिषद्को बैठकको निर्णयबारे जानकारी दिने क्रममा  प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले राष्ट्रिय सभाको आचारसहिंताका कारण प्रदेश १ को मन्त्रिपरिषद् माघ १२ गते पछि हुने बताएका हुन्।

प्रदेश १ सरकारको बिहीबारको बैठकले विभिन्न ५ वटा निर्णय गरेको मन्त्री आङ्वोले बताए। उनका अनुसार प्रदेश १ को सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ।

मन्त्री आङ्वोले प्रदेशको प्रशासनिक खर्च नबढ्ने गरी मन्त्रालय विभाजनका लागि सुझाव पेश गर्न प्रदेश १ का प्रमुख सचिवको नेतृत्वमा कार्यदल गठन गर्ने, केहि प्रदेश ऐन संसोधनका लागि प्रदेशसभामा पेश गरिएको विधेयक संसदबाट फिर्ता गर्नेलगायतका  निर्णय गरिएको आङ्वोले जानकारी दिए।

प्रकाशित: २९ पुस २०७८ १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App