१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कर्मचारी अनुकूल ऐन नआए सरकारविरुद्ध आन्दोलनः अध्यक्ष पोखरेल

नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल पोखरेलले संघीय निजामति कर्मचारी ऐन आफ्नो अनुकूल नआएमा कांग्रेसकै सरकार भएपनि त्यसका विरुद्ध आन्दोलित हुने चेतावनी दिएका छन्।  

युनियन बाँकेको आठौं जिल्ला अधिवेशनलाई शुक्रबार नेपालगन्जमा सम्बोधन गर्दै उनले भने, ‘नेपाल निजामति कर्मचारी युनियन नेपाली कांग्रेसको शुभेच्छुक संगठन हो, हामीले पटकपटक हाम्रा मागहरुका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छौं,  हाम्रा माग सम्बोधन हुदैन भने कांग्रेसकै सरकार भएपनि सरकारविरुद्ध आन्दोलनमा उत्रिन बाध्य हुन्छौं।’

संघीय निजामति ऐनका विषयमा युनियनले लामो समयदेखि लडाई गर्दै आएको अध्यक्ष पोखरेलले बताए। उनले भने, ‘विगतमा त कम्युनिष्ट सरकार हुँदा हामीहरु धेरै लड्यौं, अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ, हामी लड्न जाने कहाँ?’

कर्मचारीको आन्दोलनका कारण ऐन फिर्ता आएको औल्याउँदै उनले ऐनमा कर्मचारीका हक, अधिकार नसमेटिए स्वीकार्य नहुने बताए। ‘फेरि ऐन पास हुने त होइन, हामीलाई डर छ, ऐन धेरै अन्यायपूर्ण छ,’ अध्यक्ष पोखरेलले भने। प्रस्तावित उक्त ऐनमा कर्मचारीका लागि विभागीय कारबाही कडा रुपमा राखेर कर्मचारीलाई आतंकित बनाउने काम गरिएको सुनाए।

कर्मचारीले खाईपाई आएको हरेक सुविधालाई कटौती गर्न खोजिएको उनले बताए। अधिवेशनले नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित गर्ने युनियन बाँकेका कार्यबाहक अध्यक्ष उद्धव श्रेष्ठले जानकारी दिए।  

प्रकाशित: २३ पुस २०७८ १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App