१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपा अध्यक्ष लिङदेनको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेर पुस २७ गते सार्वजनिक बिदा राख्न माग गरेका छन्। ज्ञापन पत्र बुझाउँदै अध्यक्ष लिङदेनले पूर्व राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीका दिन सार्वजनिक बिदा दिन माग गरेका हुन्।  

अध्यक्ष लिङदेनले लेखेको पत्रमा ‘२०७४ सालमा सम्माननीय प्रधानमन्त्रीज्यूकै नेतृत्वको सरकारले सार्वजनिक विदा दिने भनि गरेको निर्णय उपयुक्त रहेको र जनस्तरले स्वागत गरेको भएतापनि त्यसले निरन्तरता पाउन नसकेको अवस्थामा सार्वजनिक विदा दिने प्रधानमन्त्रीज्यूको पूर्ववर्ति निर्णयलाई पुनः स्मरण गराउदै आगामी पौष २७ गते सार्वजनिक बिदा दिनुको साथै सरकारी स्तरबाटै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गराउन माग गर्दछ’ उल्लेख छ।

राप्रपाको अनुरोधलाई सरकारले बेवास्ता गरे उक्त दिन राप्रपाले देशव्यापी बिरोध आयोजना गर्ने पनि पत्रमार्फत् चेतावनी दिएका छन्।

प्रकाशित: १८ पुस २०७८ ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App