२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

स्थायी समिति बैठकमा अध्यक्ष दाहालको प्रतिवेदन पेश

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा पेश गरेका छन्।

शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन छलफलका लागि पेश गरेका हुन्। नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ।

सोही सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन अध्यक्ष दाहालले आज बिहान बसेको स्थायी कमिटीमा बैठकमा पेश गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनले सो प्रतिवेदनमाथि छलफल गर्न अपरान्ह ३ बजेपछि बैठक पुनः बोलाइएको पनि बताए।

उनले भने, ‘पर्सीदेखि सम्मेलन सुरु हुँदैछ, तपाईहरुलाई थाहा छ। अध्यक्ष कमरेडले डकुमेन्ट प्रस्तुत गर्नु भयो। प्रस्तुत मात्रै भएको छ, बाचन गर्नु भयो। र त्यसमा हामी छलफल गर्ने क्रममा छौं। त्यसका लागि ३ बजे फेरी बैठक बस्दैछ।’

बैठकले नेकपा (मसाल)सँग विद्रोह गरी बनेको नेकपा मसाल माओवादी केन्द्र र प्रभात चलाउने नेतृत्वको नेकपाको सिंगो टिमसँग पार्टीमा एकीकरण गर्ने निर्णय पनि गरेको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ।

प्रकाशित: ९ पुस २०७८ १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App