१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन: खुला केन्द्रीय सदस्यमा कोइरालाको अग्रता कायमै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना जारी छ। पछिल्लो परिणामअनुसार पूर्वमहामन्त्री डा.शशाङ्क कोइरालाले सर्वाधिक मतका साथ अग्रता लिइरहेको छ।

पछिल्लो परिणामअनुसार तीन हजार ५९५ मत गणना गरिँदा कोइरालाले दुई हजार ९४० मत प्राप्त गर्नुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। दोस्रो स्थानमा रहेका नारायणप्रकाश साउदले दुई हजार २६१, तेस्रो स्थानमा रहेका बालकृष्ण खाँणले दुई हजार २०७, चौथोमा रहेका उदयशम्शेर राणाले दुई हजार १६७ तथा पाँचौँ स्थानमा रहेका रामहरि खतिवडाले दुई हजार १४७ मत प्राप्त गरेका छन्।

यस्तै रमेश लेखकले दुई हजार १३१, ज्ञानेन्द्रबहादुर कार्कीले दुई हजार १२७, शङ्कर भण्डारीले दुई हजार ११२, जीपछिरिङ लामाले दुई हजार ३५, अर्जुननरसिंह केसी दुई हजार ३०, गोपालमान श्रेष्ठले एक हजार ९५२, जीतजङ्ग बस्नेतले एक हजार ९३९, नैनसिंह महर एक हजार ८८३, सुनिलबहादुर थापाले एक हजार ८८१ र डा रामशरण महतले एक हजार ८७५ मत प्राप्त गरेका छन्। उनीहरु क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ, दशौँ, एघारौँ, बाह्रौँ, तेह्रौँ, चौथौँ र पन्ध्रौँ स्थानमा रहेका छन्।

यसैगरी मत परिणामअनुसार ३५औँ स्थानसम्म क्रमशः दिलेन्द्रप्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, राजिव ढुङ्गाना, सञ्जयकुमार गौतम, प्रा.डा.गोविन्दराज पोखरेल, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजङ्ग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा गोपाल दहित र  इन्जिनियर मोहन आचार्य रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। खुला केन्द्रीय सदस्यमा कांग्रेसको विधानअनुसार ३५ जना सदस्यमा निर्वाचित हुने व्यवस्था छ।

प्रकाशित: ४ पुस २०७८ १३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App