१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राप्रपा नवनिर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यहरुले लिए सपथ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका हुन्। नवनिर्वाचित केन्द्रीय अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट सपथ लिए। त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले सपथ गराएका थिए। त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई अध्यक्ष लिङदेनले सपथ खुवाएका थिए।

सपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित थिए भने अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने सहभागी भएनन्। कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङदेनलाई प्रमाणपत्र वितरण गरेका थिए।

काठमाडौंको भृकटीमण्डपमा आज (आईतबार) बिहान सम्पन्न एकता महाधिवेशनले लिङदेनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रिय सदस्य निर्वाचित हुनु भएको थियो । राप्रपाको १९९ सदस्यीय केन्द्रिय कार्य समितिमा ५० जना सदस्य अध्यक्षले मनोनित गर्नेछन्।

प्रकाशित: १९ मंसिर २०७८ ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App