१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनः ओली समूहले नै एकअर्कालाई नछाडेपछि बन्दसत्र अन्योलमा

नेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षामा छन्।

बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेपनि शीर्ष नेताहरुबीच आपसी समझदारी हुन सकेको छैन।  

पार्टी अध्यक्षको दावी गरेका भीम रावल र सुवास नेम्वाङबीच आपसी समझदारीका लागि भएको छलफलमा कुरा मिल्न सकेन। कुरा मिल्न नसकेपछि रावल पार्टी अध्यक्षका लागि मनोनयन दर्ता गर्न हिँडेका छन्।  

यस्तै, पार्टी अध्यक्ष केपी शर्मा ओली भने महाधिवेशन स्थलमा आइसकेका छन्। उनले पनि पार्टीभित्र सर्वसम्मतका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन्। छलफलकै क्रममा अध्यक्ष ओलीले सुवास नेम्वाङलाई बोलाए राष्ट्रपति बनाउने आश्वासन दिएका छन्। जसलाई नेम्वाङले अस्वीकार गरेका छन्।

यता ओलीले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउने आश्वासन दिएका छन्। जसलाई शाक्यले माैन सहमति जनाएकाे स्राेतले दावी गरेकाे छ।

एमालेका एक शीर्ष नेताका अनुसार महासिचवमा शंकर पोखरेलले विष्णु पौडेललाई नछाड्ने भएका छन्।

यसरी एकआपसमा समझदारी नगरेर ओली समूह नै एकअर्कालाई नछाड्नेमा पुगेका छन्। जसका कारण महाधिवेशनको बन्दसत्र सुरु हुन सकेको छैन।

हिजो पार्टीको केन्द्रीय कमिटीको बैठकले सहमतिकै लागि २२५ सदस्यीयलाई ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो। त्याे प्रस्ताव पनि अलपत्र परेकाे छ। १९ सदस्यीय पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पाेलिट ब्युराे अन्याेलमा परेकाे छ।

आज बिहान ११ बजे हुने भनिएको बन्दसत्र सहमतिको प्रयास जारी छ। बन्दसत्रमा विदेशी पाहुना प्रतिनिधिले पनि शुभकामना दिने कार्यक्रम छ। सौराहाको होटेल सेभेन स्टारमा निर्मित हलमा बन्दसत्र हुने तयारी छ।

प्रकाशित: ११ मंसिर २०७८ ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App