३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको पालिका अधिवेशन भोलि

राष्ट्रिय सम्मेलनपूर्व तल्ला तह कमिटिका अधिवेशन गरिरहेको नेकपा (माओवादी केन्द्र) ले यहाँका १० वटै स्थानीय तहमा भोलि एकसाथ अधिवेशन गर्दैछ।

अधिवेशनको प्रचारदेखि व्यवस्थापकीय तयारीका काम पूरा भएको सो पार्टीले जनाएको छ। सके सर्वसम्मत नत्र निर्वाचनमार्फत पालिकाको नेतृत्व चुनिने माओवादी केन्द्र, जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले बताए।

उनका अनुसार सात पदाधिकारीसहित नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्यीय कमिटी अधिवेशनबाट निर्वाचित हुनेछ। जसमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्वको व्यवस्था छ।

पालिका तहको निर्वाचनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन भई क्रियाशील रहेको संयोजक गैरेले जानकारी दिए। सर्वसम्मत नेतृत्व चयन हुँदा पनि निर्वाचनको सबै विधि र प्रक्रियालाई अबलम्वन गरिने उनको भनाइ छ।

माओवादी केन्द्रले यसअघि टोल, सेल कमिटीका भेला हुँदै वडा तहका अधिवेशन सम्पन्न गरिसकेको छ। गत शनिबार देशभरका वडाहरुमा एकसाथ अधिवेशन भएको थियो। लामो समयपछि आन्तरिक प्रतिस्पर्धालाई आत्मसाथ गरेको सो पार्टीका सम्मेलन तथा अधिवेशनले नेता, कार्यकर्तामा उत्साह जगाएको छ।

वडा, स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ। प्रदेश तहको अधिवेशन यही मङ्सिर २५ गतेलाई तोकिएको छ। आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ।

प्रकाशित: १० मंसिर २०७८ १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App