१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सभापतिमा पुनः शेरबहादुर देउवालाई नै ल्याउनु पर्छः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसको आशन्न महाअधिवेशनबाट पार्टी सभापतिमा पुनः शेरबहादुर देउवालाई नै ल्याउनु पर्ने बताएका छन्। प्राप्त उपलब्धीको रक्षा गर्दै संविधान कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन काँग्रेस बलियो हुनुपर्ने भन्दै उनले त्यसका लागि पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने धारणा राखे।

नेपाल महिला संघ रुपन्देहीले भैरहवामा गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य खाँणले प्रधानमन्त्री र पार्टी सभापति फरक हुँदा शक्ति संघर्षको सम्भावना बढी हुने र त्यसले नजिकिँदै गरेको आम निर्वाचनलाई असर गर्ने धारणा राखेका हुन्।

बिगतमा प्रधानमन्त्री र पार्टी सभापति फरक– फरक हुँदा काँग्रेसका मूर्धन्य नेताहरु बिचकै अन्तरसंघर्षले बहुमतको सरकार ढलेको स्मरण गर्दै गृहमन्त्री खाँणले आगामी महाधिवेशनमा प्रधानमन्त्री  देउवालाई नै पार्टी सभापति बनाउनु पर्नेमा जोड दिए।

काँग्रेस कमजोर भए नागरिक अधिकार, संविधान र लोकतान्त्रिक गणतन्त्र नै कमजोर हुने भन्दै उनले काँग्रेसलाई बलियो बनाउन एक ढिक्का भएर अगाडी बढ्नु पर्ने बताए।

१४ औं महाधिवेशले काँग्रेसको ऐतिहासिक भुमिकालाई स्थापित गर्नुका साथै लोकतान्त्रिक पद्दतीलाई पनि बल पुर्याउने भएकाले संवेदनशील  भएर उत्साह साथ सरीक हुन नेता कार्यकर्तालाई निर्देशन दिए।

गृहमन्त्री खाँणले बुधबारै नेपाली काँग्रेस सिद्धार्थनगर नगर समितिले आयोजना गरेको सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई पनि सम्बोधन गरे।

प्रकाशित: २४ कार्तिक २०७८ १३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App