८ वैशाख २०८१ शनिबार
राजनीति

आज विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य

बागमती प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठक आज बस्दैछ। आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ।

बैठकका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ। आवश्यक कर्मचारीसमेत खटाइएको छ। मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गरेकी थिईन्। सो प्रस्तावमाथि प्रदेशसभाको यही कात्तिक ४ गते बसेको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभाका सदस्यसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेकी थिईन्।

नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएका छन्। प्रदेशसभाको बैठकमा ४ गते बसेको प्रदेशसभाको बैठकमा सदस्यले उठाएका प्रश्नको जवाफ दिने र दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि, २०७८ प्रदेशसभाबाट पारित भएपछि मतदान प्रक्रिया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए।

प्रदेशसभा बैठक बस्नुअघि कार्य परामर्श समितिको बैठक बस्ने उनले बताए। कार्यपरामर्श समितिको बैठक बिहान ११ बजे बस्ने तय भएको छ। बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य छन्। सत्तापक्ष नेकपा (एमाले) का ४३, प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३, विवेकशील साझा दलका तीन, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राप्रपाका दुई/दुई तथा जनता समाजवादी पार्टी (जसपा) का एक प्रदेशसभा सदस्य छन्।

प्रकाशित: १० कार्तिक २०७८ ०५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App