१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्र गरिसक्नुपर्नेः आयोग

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्र गरिसक्नुपर्ने बताएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहितको छलफलमा निर्वाचन आयोगका पदाधिकारीहरुले आगमी चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका हुन्। उनीहरुले पहिला स्थानीय तहको निर्वाचन हुनुपर्नेमा समेत जोड दिए।

भेटमा आगामी फागुन २१ बाट रिक्त हुने राष्ट्रिय सभा सदस्य संख्या १९ को निर्वाचनको मिति तोक्ने, प्रतिनिधि सभाका रिक्त ४ सदस्य र प्रदेश सभामा रिक्त १८ सदस्य पदको उपनिर्वाचनबारेमा पनि छलफल भएको आयोगले जनाएको छ।

सो क्रममा मतदाता नामावली दर्तालाई सहज र पहुँचयोग्य बनाउन स्थानीय तहका केन्द्रसम्म पुगी मतदाता नामावली संकलन गर्ने र बाह्य जिल्ला मतादाता नामावली दर्ता विषयमा पनि छलफल भएको थियो।

प्रकाशित: ८ कार्तिक २०७८ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App