१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेको महाधिवेशन मूल व्यवस्थापन समितिले पायो पूर्णता, सहसंयोजकमा पाण्डे र सचिवमा रिमाल

नेकपा एमालेको १० औं महाधिवेशन मूल व्यवस्थापन समितिले पूर्णता पाएको छ। एमालेले रामबहादुर थापा बादलको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई जिम्मा दिने निर्णय गरेसँगै समितिले पूर्णता पाएको हो।  

शुक्रबार स्थायी कमिटीको बैठकले मूल व्यवस्थापन समितिमा स्थायी कमिटीका केही नेतासहित सातै प्रदेशबाट एक-एक जना प्रतिनिधि थपेर पूर्णता दिएको प्रवक्ता प्रदिप ज्ञवालीले बताए।

समितिमा सचिवद्धय पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराईसहित स्थायी कमिटी सदस्य रघुवीर महासेठ, छबिलाल विश्वकर्मालाई पनि थपिएको छ। यस्तै, समितिको सदस्यमा काशिनाथ अधिकारी, भानुक्त ढकाल, यमलाल कडोल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लिला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दिपक देवकोटा रहेका छन्। एक जना सदस्य पछि थपिने ज्ञवालीले जानकारी दिए।

मंसिर १० देखि १२ सम्म चितवनमा एमालेको महाधिवेशन हुने भएको छ।

प्रकाशित: ५ कार्तिक २०७८ १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App