४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले विधान महाधिवेशन : प्रतिनिधि आउने क्रम जारी

शुक्रबारदेखि सुरु हुने नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ। भोलि (शुक्रबार)देखि तीन दिनसम्म चल्ने विधान महाधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौं आइरहेका हुन्।

महाधिवेशन प्रचारप्रसार उपसमितिका संयोजक खिमलाल भट्टराईले अधिकांश प्रतिनिधि आइसकेको जानकारी दिए। ‘अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका छन्’, उनले भने, ‘भोलि बिहानसम्म सबै प्रतिनिधि आइसक्नेछन्।’  

शुक्रबार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा १२:१५ बजे महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

यस्तै, प्रतिनिधिलाई उपलब्ध गराउने झोला आजैदेखि वितरण गर्न थालिएको उनले जानकारी दिए। उनका अनुसार पार्टी कार्यालयमा नाम दर्ता गराएका प्रतिनिधिलाई आजैदेखि दस्तावेज वितरण पनि गरिएको छ।  

झोलामा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन रहेका छन्। यस्तै, झोलामा एमालेको मुखपत्र 'नवयुग'सहित कापी र कलम पनि रहेका छन्।

प्रतिनिधिका लागि यस पटक आवासको व्यवस्था सम्बन्धित प्रदेश कमिटीले गरेको छ। प्रदेश कमिटीले सहभागी हुन आउने प्रतिनिधिलाई सुन्धारा, बागबजार, ललितपुरलगायत विभिन्न स्थानका होटेलमा बासको व्यवस्थापन गरेको छ।

प्रकाशित: १४ आश्विन २०७८ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App