१६ चैत्र २०८० शुक्रबार
राजनीति

वर्तमान सरकार लोभी पापीहरुको गठबन्धन हो: टोपबहादुर रायमाझी

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभी पापीहरुको गठबन्धनको संज्ञा दिएका छन् । उनले सरकारले दुई महिनासम्म महत्वपूर्ण समय खेर फालेको टिप्पणी गरे।  

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सत्ता गठबन्धन चुनावमा जानको लागि डराएको पनि बताए। उनले अब कुन पार्टी सही र कुन पार्टी गलत? भनेर जनताले मूल्यांकन गर्ने बेला आईसकेको भन्दै संविधान र लोकतन्त्र रक्षाको लागि पनि चुनावमा जानुपर्ने बताए।

उनले संसद् औचित्यविहीन भएकोले तत्काल निर्वाचनमा जानुपर्ने आफूहरुको माग भएको पनि स्पष्ट पारे। कार्यक्रममा बोल्दै रायमाझीले आफ्नो पार्टीले उठाएका माग पूरा नभएसम्म संसद् अवरुद्ध कायमै रहने पनि स्पष्ट पारे। उनले एमसीसीबारे सरकारले आफ्नो पोजिसन क्लियर गरेपछिमात्रै आफूहरुको धारणा आउने बताए। उनले एमाले र माओवादी केन्द्रबीच हतारमा एकता गरिएको भन्दै गुनासो पोखे। तर, सत्ता स्वार्थमा लागेकाहरुमात्रै नेकपाबाट बाहिरिएको भन्दै अहिलेपनि आफूहरु नेकपाकै निरन्तरताको अवस्थामा रहेको सुनाए।

संविधानको पालना नहुने अवस्था आएपछि संसद् विघटन गरेर नयाँ ताजा जनादेशमा जाने कुरा संविधानको रक्षा भएकोले तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको पनि रायमाझीले स्मरण गराए। 

प्रकाशित: ३१ भाद्र २०७८ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App