१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

बिपी स्मृति भवनको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले कपिलवस्तुको तौलिहवामा नवनिर्मित बिपी स्मृति भवनको उद्घाटन गरेका छन। जुम बैठकमार्फत् उनले बिपी स्मृति भवन तथा नेपाली कांग्रेस कपिलवस्तुको भवनको उद्घाटन गरेका हुन्।

सो अवसरमा सम्बोधन गर्दै उनले नवनिर्मित भवनलाई एकताको भवनका रुपमा स्थापित गर्नु पर्ने बताए। उनले विगत केही वर्ष यता जिल्ला जिल्लामा भवन निर्माण लहर चलेको बताए। उनले आउन लागेको स्थानीय निकायको निर्वाचनमा सबै पार्टी कार्यकर्ताहरु एकवद्द भई कांग्रेसको उम्मेदवारलाई जिताउन अपिल गरे। ‘ नवनिर्मित भवन एकताको प्रतीकका रुपमा हुनु पर्छ, आउन लागेको स्थानीय निर्वाचनमा सबै कार्यकताहरु एक भई कांग्रेसका उम्मेदवारलाई जिताउनु पर्छ’ उनले भने।

सो अवसरमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नवनिर्मित भवनभित्र कांग्रेस र प्रजातन्त्रको आत्मा हुुनुपर्ने बताए। ‘मुलुक नयाँ अध्यायतर्फ गएको छ, फेरि उही पुरानो प्रवृत्तितर्फ लगे उपलब्धिको कुनै मतलब हुँदैन’ उनले भने। अहिलेको स्थितिमा कांग्रेस एकबद्ध भई सशक्त रुपमाअघि बढनुपर्ने उनले बताए।

सो अवसरमा प्रधानमन्त्री देउवाको निर्देशनमा पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्यले शिलालेखमा राखिएको ब्यानर उघारेर भवनको उद्घाटन गरेका थिए। २०४६ सालदेखि पार्टी कार्यालय भवन भाडामा रहँदै आएको थियो। २०६८ चैत २९ गते पूर्व प्रधानमन्त्री सुशील कोइरालाले भवनको शिलान्यास गरका थिए। भवनको अहिले सम्मको लागत एक करोड १२ लाख ६२ हजार रहेको छ।

पहिलो तला निर्माण भई दोश्रो तल अझै निर्माणधीन छ। कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा सांसद अतहर कमाल, सांसद तथा वैकल्पिक केन्द्रीय सदस्य अभिषेकप्रताप शाह केन्द्रीय सदस्य राजेश सिंह, प्रदेश संसदीय दलका नेता विरेन्द्र कनौडिया, पूर्व पार्टी सभापतिहरु राजेश आचार्य, सुधारक पाण्डेय, कमलेशकुमार शर्मा, पार्टी उप सभापति अब्दुल कलाम खा, नेता गिरीजेश कुमार पाण्डेय लगायतको सहभागिता थियो।

प्रकाशित: १६ भाद्र २०७८ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App