६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रिमण्डललाई पूर्णता दिन सत्ता गठबन्धनका नेताहरुको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक जारी रहेको छ। सरकारमा जान चाहने सत्तारुढ गठबन्धन दलहरुभित्र मन्त्रालय भागबण्डामा सहमति जुटाउन छलफल जारी रहेको हो।

मन्त्रिपरिषद विस्तार र मन्त्रालयहरुको भागबण्डाका लागि सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच शनिबार र आइतबार पनि छलफल भएको थियो।

आज बिहानैदेखि जारी बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई सहभागी रहेको स्रोतले जनाएको छ।

प्रकाशित: १४ भाद्र २०७८ ०५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App