७ वैशाख २०८१ शुक्रबार
राजनीति

महन्थ ठाकुर पक्षका चार मन्त्री बरखास्त

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका एक मन्त्रीसहित तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।  

मुख्यमन्त्री राउतले आइतबार साँझ ठाकुर समूहबाट मन्त्री बनेका जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन् ।  

जसपाको ठाकुर-राजेन्द्र महतो समूहका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री राउतले आइतवार राती हटाएको पत्र प्रदेश प्रमुख डा. राजेश झाको सचिवालयमा दर्ता गराइसकेका छन्।  

प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रीमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गरेका छन्। प्रदेश प्रमुखको सचिवालयले  अहिले केही बेरमै विज्ञप्ती जारी गरि कुन मन्त्रालय कुन मन्त्रीको अन्तर्गत रहेको जानकारी गराउँदै छ । भौतकि पूर्वाधार विकास मन्त्रालय मुख्यमन्त्री लालबाबु राउतले सम्हाने गरी जम्मेवारी तोकिएको छ।  

विजयकुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञानेन्द्र कुमार यादवलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, शैलेन्द्र साहलाई भूमी व्यवस्था, कृष तथा सहकारी मन्त्रालय, नवलकिशोर साहलाई समाजिक विकास मन्त्रालय र रामनरेश यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम गरिएको छ।

प्रकाशित: २३ जेष्ठ २०७८ १७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App