१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गिट्टी–बालुवा निकासी खोल्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन

चुरे दोहन गर्न ल्याएको ढुंगा गिट्टी बालुवा निकासी विरुध नेविसंघले लहानमा गरेको विरोध प्रदर्शन । तस्विरःमिथिलेश यादव/नागरिक

सरकारले बजेट भाषणमार्फत ढुंगा, गिट्टी, बालुवा निकासी खोल्ने भनेपछि जनस्तरसम्म विरोध भइरहेको छ । बुधबार नेविसंघको नेतृत्वमा लहानमा विरोध प्रर्दशन भएको छ ।

नेविसंघका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश २ संयोजक संजय यादवको नेतृत्वमासहिद चोकमा भएको प्रर्दशनमा ‘चुरे मास्न पाइदैन, राष्ट्रघाती बजेट चाहिदैन’ हाम्रो माटो हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता नारा लगाइएको थियो । 

‘देशको प्रकृतिक सम्पदा बेचेर देश बनाउने कुरा फगत गफ मात्र हो’ यादवले भने,‘ आफ्नो अभिष्ट पुरा गर्न ओली नेतृत्वको सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा यस घटनाले छर्लंग पारिदिएको छ ।’  

‘ संसदमा विरोधको सामना गर्नुपर्छ भनेर संसद नभएको मौका छोपी राष्ट्र डुबाउने गरी चुरे दोहन गर्न लाइसेन्स खोलेको छ,  उनले थपे , ‘ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम अवैधानिक तवरले ल्याएको बजेटमा घुसाएर ओली सरकारले राष्ट्रघाती काम गरेको छ । वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ भने यसैबाट प्रस्ट भएको छ ।’ 

चुरे क्षेत्र तहस नहस पारेर मधेसलाई मरुभूमिकरण गर्न उद्धत सरकारको कदमलाई कुनै पनि हालतमा सफल हुन नदिने यादवको भनाइ छ । ‘सरकारको यो मधेसमारा निर्णय रोकेरै छाड्नेछौँ’, उनले भने ।  

प्रकाशित: १९ जेष्ठ २०७८ १५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App