६ वैशाख २०८१ बिहीबार
राजनीति

विप्लव समूहद्वारा नागरिकतासम्बन्धी अध्यादेशको विरोध

'सरकारले आफ्नो सत्ता सङ्कट टार्न नागरिकता अध्यादेश ल्यायो'

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ लाई सरकाले कुर्सी जोगाउन ल्याएको बताएको छ। नेपाली नागरिकले सहज ढङ्गले आफ्नो देशको नागरिकता पाउनु उसको जन्मसिद्ध अधिकार हो र त्यो सुविधा पाउनुपर्छ भन्दै उसले यसलाई सत्ता जोगाउने हतियारको रुपमा लिन नहुने जनाएको छ।  

‘सरकारले आफ्नो सत्ता सङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिङ्गो देशले चुकाउनुपर्ने हुन्छ’, सोमबार जारी विज्ञप्तीमा भनिएको छ,‘नागरिकता जस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ।’

प्रकाशित: १० जेष्ठ २०७८ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App