१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपाल-खनाल निकट सांसदहरुको बैठक बस्दै

माधव–झलनाथ निकट सांसदहरुको बैठक बस्दैछ। संघीय संसद सचिवालय सिंहदरबारमा बैठक बस्ने भएको हो।  

बैठकमा संघीय संसदमा हुने विश्वासको मतको विषयमा छलफल हुने स्रोतले बतायो। आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहरुले थप छलफल गर्न बैठक बस्न लागेका हुन्।

बैठकमा प्रतिनिधि सभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिने/नदिने विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दैछ। 

प्रकाशित: २७ वैशाख २०७८ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App