२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

वाग्मती मन्त्रिपरिषद्ः महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। पौडेलले नेकपा एमालेका प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।  

नवनियुक्त मन्त्रीले केहीबेरअघि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष पद तथा गोपनीयताको शपथ लिए। गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा प्रस्तावक रहेका शालिकराम जम्मकट्टेल, अरुणप्रसाद नेपाल र युवराज दुलालले राजीनामा दिएपछि ती पद रिक्त रहँदै आएको थियो। नवनियुक्त मन्त्रीले आज अपराह्न आआफ्नो मन्त्रालयको कार्यभार सम्हालेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जनाएको छ। 

यसैगरी राज्यमन्त्री डा. रामकुमार अधिकारीले पनि आजै सामाजिक मन्त्रालयमा आफ्नो कार्यभार सम्हालेका छन्।

प्रकाशित: १५ वैशाख २०७८ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App