६ जेष्ठ २०७८ बिहीबार

संविधानले धर्म, संस्कृतिको अपनत्व ग्रहण गरेको छ: मुख्यमन्त्री पौडेल

इस्लाम धर्मावलम्बीको महान पर्व इद–उल–फितरको अवसरमा आज दिएको शुभकामना सन्देशमा मुख्यमन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रियसभा सदस्यमा गृहमन्त्री थापा र देवकोटाको उम्मेदवारी दर्ता

नेकपा एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा 'बादल'ले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्। उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन्।

एमालेको वाग्मती प्रदेश संसदीय बोर्ड गठन

नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ। दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन गरिएको हो। नेकपा एमालेको दलको बिधान २०७७ को दफा १७ बमोजिम बोर्ड गठन गरिएको बताइएको छ।

वाग्मती प्रदेशको मन्त्रालयले बल्ल पायो मन्त्री

वाग्मती प्रदेशको चार महिनादेखि मन्त्रीविहीन रहेको तीन मन्त्रालयले मन्त्री पाएको छ। नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ।

वाग्मती मन्त्रिपरिषद्ः महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। पौडेलले नेकपा एमालेका प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नेपाली जनताको स्वाभिमान ठडियोः मुख्यमन्त्री पौडेल

'ढलेका लाखौँ घर ठडिए, हजारौँ विद्यालय ठडिए, हजारौँ मठ, मन्दिर, चर्च, गुम्बा ठडिए, ऐतिहासिक धरोहर ठडिए र ठडियो हाम्रो धरहरा ! यो केवल धरहरा मात्रै ठडिएको होइन, नेपाली जनताको स्वाभिमान ठडिएको हो,' उनले भने।

वाग्मती प्रदेशको सातौँ अधिवेशन अन्त्य

वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन आज वैशाख ७ गते राति १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी वाग्मती मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका छन् ।

वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय

नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ। संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले संसदीय दल, वाग्मती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए।

माओवादीद्वारा वाग्मती प्रदेशसभा बैठक अवरुद्ध

वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दलका चार नेताले आ–आफ्नो धारण व्यक्त गरे। उनीहरुले विषेश समयमा बोलिसकेलगतै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताले मुख्यमन्त्री डोरमणि पौडेलबाट यसअघिको बैठकमा उठाइएको राष्ट्रिय सरोकारका विषयमा थप स्पष्ट जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने भनेपछि आजको बैठक अवरुद्ध भएको हो।

बजेट तथा योजनाको बाँडफाँडमा विभेद गरिएको छैन : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति कार्यक्रममा उल्लेख भएनुसार प्रदेशको विभिन्न जिल्लामा सत्तापक्ष र प्रतिपक्ष दललाई कुनै प्रकारको विभेद नराखी सम्मान बजेट तथा योजनाको बाँडफाँड गरिएको बताएका छन्।

वाग्मती प्रदेशसभा बैठकमा प्रतिपक्षको विरोध

वाग्मती प्रदेशसभाको आजको बैठक सुरु भएलगत्तै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेशसभाका बहुसङ्ख्यक सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नदिएको भन्दै विरोध गरे।

वाग्मती प्रदेशसभाको बैठक चैत २४ गते

वाग्मती प्रदेशसभाको हिउँदेअधिवेशन बैठक यही चैत २४ गते दिनको १ बजे पुनःबस्ने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार गत माघ ७ गतेदेखि सुरु भएको सातौँ बैठक मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि माघ ९ गते छलफल गरी स्थगन गरिएको थियो।

आजदेखि राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता हुने

वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि सञ्चालन हुन लागेको राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ। मकवानपुर बुद्धिचाल सङ्घ र हेटौँडा चेस क्लबको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको हो।

क्षयरोग उपचारमा तगारो, वाग्मती प्रदेशमा सबैभन्दा बढी क्षयरोगी

नेपाल सरकारले क्षयरोग नियन्त्रणमा बर्सेनि करोडौं बजेट खर्च गरे पनि औषधि प्रतिरोधी बिरामीको संख्या बढिरहेको पाइएको छ। विश्व क्षयरोग दिवसको अवसरमा मंगलबार राष्ट्रिय क्षयरोग निवारण केन्द्रले नेपालमा औषधि प्रतिरोध क्षयरोग नियन्यत्रणमा चुनौती बनिरहेको जनाएको छ।

मुख्यमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन

७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस वाग्मती प्रदेशको राजधानी हेटौँडामा यही फागुन ६, ७ र ८ गते भव्यरुपमा मनाउन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा आज १६५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्