coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

वाग्मती मन्त्रिपरिषद्मा दुई मन्त्री नियुक्त

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मौजुदा मन्त्रिपरिषद्मा गठबन्धनका दुई जना प्रदेशसभा सदस्यलाई समावेश गरी आज मन्त्रिपरिषद् विस्तार गरेका छन्।

वाग्मतीमा प्रदेशस्तरको पहिलो बीउविजन गुणस्तर नियन्त्रण केन्द्र

प्रदेश सरकारले प्रदेश बीउविजन ऐन कार्यान्वयनमा ल्याएर गुणस्तर नियन्त्रण गर्न लागेको हो।बीउविजनको शुद्धता कायम गर्दै गुणस्तरीय बीउको आपूर्ति व्यवस्था तथा नियन्त्रण गर्न बीउविजन प्रयोगशाला, हेटौंडालाई प्रदेश बीउविजन गुणस्तर नियन्त्रण केन्द्र बनाउन लागिएको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय वाग्मतीका सचिव शरनकुमार पाण्डेले बताए।

वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ

वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

वाग्मती प्रदेशसभाको विश्वासको मतका लागि तयारी पूरा

गत कात्तिक ४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकाले दलगत रुपमा प्रदेशसभाका सदस्यले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।

मुख्यमन्त्री शाक्यले बिहीबार विश्वासको मत लिने

बिहीबारको बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको उनले बताए।

एकीकृत समाजवादीकै सहयोगमा विश्वासको मत पाउँछु : मुख्यमन्त्री शाक्य

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताएकी छन्।

वाग्मतीमा सामूहिक खेती फस्टाउँदै

जमिन चक्लाबन्दी गरेर खेती गर्न वाग्मती प्रदेश सरकारले प्रोत्साहन गरेपछि किसान सहकारी संस्थामार्फत सामूहिक खेती गर्न आकर्षित भएका हुन्। स–साना टुक्रामा विभाजित जमिनलाई एकीकृत गरी एउटै प्लट बनाएर सामूहिक खेती गर्ने अभियान सुरु भएको मन्त्रालयले जनाएको छ।

विद्युत् चुहावट कम हुँदै

कार्यालयको ६.३७ प्रतिशतमा चुहावट कम गर्ने लक्ष्य रहे पनि पुग्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय हेटौँडाअन्तर्गत मकवानपुर, चितवन र सिन्धुली गरी तीन जिल्लाका छ विद्युत् वितरण केन्द्र रहेका छन्।

वाग्मतीमा शाक्य मुख्यमन्त्री

एमाले वाग्मती प्रदेश संसदीय दलका नेता एवं प्रदेश सरकारका मुख्यमन्त्री रहेका डोरमणि पौडेलले पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री भएकी हुन्। पौडेलले बुधबार दिउँसो संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि एमाले वाग्मती प्रदेशसभा संसदीय दलको बैठकले सर्वसम्मतिले दलको नेतामा शाक्यलाई चयन गरेको थियो।

वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मङ्गलबार बस्ने भएको छ। बैठक मङ्गलबार अपराह्न २ः०० बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए।

वाग्मती प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च झण्डै दुई करोड

प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष रु एक करोड ९० लाख चार हजार ७४९ खर्च भएको हो।

निषेधाज्ञाको उल्लंघन गरी पसल खोल्ने १० जना कारबाहीमा

वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको उल्लंघन गरी पसल खोल्ने १० जनालाई आज कारबाही गरिएको छ।

सिन्धुलीका ग्रामीण सडक अवरुद्ध

वर्षाले जिल्ला सदरमुकाम सिन्धुलीमाढी जोड्ने ग्रामीण सडक सबै अवरुद्ध बनेका छन्। जिल्लामा स्थानीय तहका वडा कार्यालयहरूलार्ई जोड्ने ग्रामीण सडकहरू वर्षाले भत्किँदा यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य छन्।

आठ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी

जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल परिसरमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढाइएको छ।

सुरुङमार्ग पुनःनिर्माण हुने

आज भन्दा १०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको र एशियाकै पहिलो मानिएको सुरुङमार्गको पुनःनिर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्