२० वैशाख २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पूर्वी लिबियामा डुङ्गा दुर्घटना : सात जनाको उद्धार, १७ जनाको मृत्यु

लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७ जनाको शवको बरामद गरिएको  लिबियन आपतकालिन सहयता सङ्गठन रेड क्रिसेन्टले जनाएको छ।

सङ्गठनले जारी गरेको विज्ञप्तिमा टोब्रुक सहरको नौसेना आधारबाट गस्ती गरेको जहाजले खोजी तथा उद्धारका लागि अपरेसन सुरु गरेको बताएको छ। दुर्घटनाका कारण जहाजमा रहेका व्यक्तिहरू आठ दिन सम्म कठनि अवस्थामा समुद्रमा फसेको कारण सात जनाले मृत्यु वरण गर्नुका साथै अधिकाशं घाइते भएको जनाइएको छ।  

पूर्वी लिबियामा नौसेना एकाइ र तट-रक्षकको समन्वयमा गरिएको उद्धार कार्य आठ घण्टा भन्दा बढी समय सम्म चलेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

युरोप र लामो भूमध्य–सागरीय तटरेखासँग निकटताका कारण लिबिया अनियमित आप्रवासीहरूका लागि प्रमुख पारवहन केन्द्र बनेको जनाइएको छ। मौसमी अनुकुलताका कारण सिमापार प्रक्रिया सामान्यतया मार्च-सेप्टेम्बरको बिचमा तुलनात्मक रुपमा बढी हुने गरेको जनाएको छ।

प्रकाशित: १७ वैशाख २०८३ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App