coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

आफू पक्षीय नेतालाई जिम्मेवारी दिएर माधव नेपाल समूहले थाल्यो समानान्तर अभ्यास

फाइल तस्बिरः नागरिक

सत्तारुढ दल नेकपा एमाले (माधव नेपाल समूह)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै आफू पक्षीय नेताहरुलाई समानान्तर जिम्मेवारी दिएको छ। शुक्रबारको ओली समूहको केन्द्रीय कमिटी बैठकले पार्टी पदाधिकारी, प्रदेश इन्चार्ज र विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्ट बनेको नेपाल समूहको भेलाले सातै प्रदेशको इन्चार्ज र विभाग प्रमुख तोकेर समानान्तर अभ्यास थालेको हो।

भेलाले शुक्रबार साँझ ओली पक्षीय केन्द्रीय कमिटी बैठकले गरेको निर्णयलाई अस्वीकार र भत्र्सना गरेको नेता भीम रावलले जानकारी दिए। यस्तै, भेलाले चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय समेत गरेको छ।

नेपाल पक्षले प्रदेश १ को इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, बागमती प्रदेशको अष्टलक्ष्मी शाक्यलाई, गण्डकी प्रदेशको जिम्मा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णाली प्रदेशको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिम प्रदेशको जिम्मा नेता रावललाई दिएको छ।

यस्तै, युवा विभागको जिम्मा रघुजी पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ।

यसअघि हिजो शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले प्रदेश इन्चार्ज, विभागीय प्रमुख रहेका नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएको थियो। सोही बैठकले माओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय कमिटीमा मनोनीत पनि गरेको थियो।

प्रकाशित: २९ फाल्गुन २०७७ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App